मालिक- के रैछ त केटा, गाउतिर?
शेरे- सब ठिक छ मालिक, तर...
मा- तर?? तर.. के?
शे- तर हजुरकि बजै बित्नुभएछ ।
मा- ओहो! होर! अरु त ठिक छ नि?
शे- ठिक छ मालिक, त्यही हो, हजुरकी बैनी पोइल गैछिन ।
मा- ओहो! होर! अरु त ठिक छ नि?
शे- सब ठिक छ मालिक, हजुरको गैरी खेत चै बाढिले बगएछ ।
मा- ओहो! होर! अरु त ठिक छ नि?
शे- ठिक छ मालिक, तर लैनो भैंसी मरेछ, हजुरको बा पनि लडेर ढाडै भाच्नुभएछ ।
मा-ओहो! होर! अरु त ठिक छ नि?
शे- ठिक छ मालिक, तर एउटा कुरा भन्नू थ्यो...
मा- के कुरा, भन ।
शे- हजुरकी कान्छी बैनी भगाउने चै...
मा- हँँ !! कसले भगएछ त?
शे- हजुर.. मैले हजुर ।
बिचरा शेरे, अहिले सम्म कोमामै छ रे ।
No comments:
Post a Comment